अर्जेन्टिनासँग स्तब्ध स्विट्जरल्यान्ड
काठमाडाैं | असार २८, २०८३
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको हो।
खेलको ११२ औँ मिनेटमा अल्भारेजको गोलमा अर्जेन्टिनाले १-२ अग्रता बनाएको थियो। अतिरिक्त समयको इन्ज्युरी टाइमको अन्तिममा मार्टिनेजको गोलमा अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो।
अतिरिक्त समयमै अर्जेन्टिनाका अल्भारेजले खेलमा दोस्रो गोल गरेका थिए।
अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो। खेलको ७२ औँ मिनेटमा ब्रिन एम्बोले रातो कार्ड खाँदै मैदान छाडेपछि स्वीटजरल्यान्ड १० खेलाडीमा समेटियो। यद्यपी टोलीले विश्व च्याम्पियनलाई कडा टक्कर दिँदै दबाबमा राखेको थियो।
ब्रिन एम्बोलोले दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएका हुन्। पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध १-० को अग्रता बनाएको थियो। खेलको दोस्रो हाफको ६७ मिनेटमा स्विट्जरल्यान्डका आर.रोड्रिगेजले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएका थिए।
खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो। कप्तान लियोनल मेसीले कर्नर मार्फत् प्रहार गरेको बललाई २० नम्बर जर्सीका एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत् उत्कृष्ठ गोल गरेका थिए।
आजै बिहान भएको क्वार्टरफाइन खेलमा नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। ७२ वर्षपछि क्वार्टरफाइनलमा पुगेको स्वीटजरल्यान्ड भने अन्तिम ८ बाट नै बाहिरिएकाे छ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

